दफा ५
ट्रेड यूनियन महासंघको दर्ता
: (१) कम्तीमा दश वटा ट्रेड यूनियन संघहरुले आपसमा सम्झौता गरी ट्रेड यूनियन महासंघ गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित ट्रेड यूनियन महासंघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले ट्रेड यूनियन संघहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपि, ट्रेड यूनियन महासंघको विधान र तोकिएको दस्तूर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर पञ्जिकाधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड यूनियन महासंघ दर्ता गरी तोकिए बमोजिमकोढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि ट्रेड यूनियन संघ एकै समयमा एक भन्दा बढी ट्रेड यूनियन महासंघको सदस्य हुन सक्ने छैन ।
(५) उपदफा (३) बमोजिम ट्रेड यूनियन महासंघ दर्ता भएपछि त्यस्तो ट्रेड यूनियन महासंघको सदस्य संख्या दश प्रतिशत सम्म कम हुन गएमा पनि त्यस्तो ट्रेड यूनियन महासंघको दर्ता एक वर्षसम्म कायम रहनेछ ।